हामी नै तपाईंको परिवार
विगतलाई पुनरस्थापित गर्दै भविष्यको निर्माण
होम केयर नेपालमा हजुरहरुलाई स्वागत छ ।
सर्वप्रथम, होम केयर नेपाल एउटा सेवामूलक संस्था हो । होम केयर नेपाल कम्पनी एन, २०६३ बमोजिम स्थापित भएको कम्पनी हो । जुन घरमा आउने सम्पूर्ण समस्याहरुलाई मध्यनजर गर्दै सोहि समस्याहरुलाई सरल, सहज र व्यवस्थित ढंगले समाधान गर्ने उदेश्यले खोलिएको हो । होम केयर नेपाल कम्पनीको माध्यमबाट बेरोजगार व्यत्तिले रोजगार प्राप्त गर्नुहुन्छ भने सेवाग्राही व्यत्तिले सेवा प्राप्त गर्नुहुन्छ । यस कम्पनीका मार्फत सेवाग्राहिले तालिम प्राप्त व्यत्ति सरल, सहज र व्यवस्थित ढङगले प्राप्त गर्नुहुनेछ । अहिलेको व्यस्त जिवन सैलिलाई मध्यनजर गरेर हामीले हजुरहरु समक्ष घरका सम्पूर्ण समस्याहरुको समाधान लिएर आएका छौँ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्नको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ । आवाश्यक दक्ष कर्मचारी उपलब्ध गराउने र अन्य सम्पुर्ण समस्याका लागि होम केयर नेपालले हजुरहरुलाई आवश्यक परेको समयमा हजुरहरुको समस्याको समाधान गरेर हजुरहरुको साथ दिने प्रतिवद्यताका साथ अगाडि बढेका छौँ । विभिन्न समस्याहरु जस्तै:- बिजुलीबत्ती (Electricty ), धारापानी( Plumbing), पानीट्याङकी सफा गर्ने ¬(Water Tank Cleaning), बालबालिका तथा वृद्धवृद्धाको हेरचाहा( Child & Old age Aare), विद्यार्थीलाई घरमै शिक्षा (Home Tuition), घरको काम( House Keeping) , फर्निसिङ(Fixture and Furnishing), लगायत सबै प्रकारका समस्याको समाधानका लागि प्राबिधिक लगायत आवश्यक दक्ष जनशक्ति द्धारा सेवाहरु प्रदान गर्ने संस्था हो ।
होमकेयर नेपालनै किन ?
दैनिक आईपर्ने अनेक प्रकृतिका समस्याहरु निराकरणका लागि रचनात्मक साथै अत्याधुनिक प्रबिधि अवलम्बन गर्दै समृद्ध तथा व्यवस्थित समाजको निर्माणका लागि उन्नतिशिल मार्गको विकास गर्नु हाम्रो उद्दश्य हो । घर , समाज वा व्यवसाहिक संस्थामा आइपर्ने सामान्य देखि जटिल समस्याहरुको समाधान एउटै छानामुनीबाट सस्तो र सुलभ मात्र नभई गुणस्तरीय र भरपर्दो ढङगले सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ यहाँहरु समक्ष आएका छौँ ।
३०%–५०% आर्थिक बचत ।
हरेक प्याकेज लिँदा बर्षमा ५ पटक सम्म सुविधा ।
हजुरको अनुकुलता र निर्देशन बमोजिम हाम्रो उपस्थिति (समयको बचत) ।
सेवा विकेन्द्रिकरण जसले गर्दा ग्राहकले खोजेको सामान ग्राहकलेनै रोजेको ठाउँबाट उपलब्ध गराइने ।
समस्याको निराकरण क्षणिक नभई दिर्घकालिनमा प्राथमिकता रहनेछ (समस्याको पूर्ण समाधान)।
आफ्नो अब्बलतालाई कुशल ढङगले प्रस्तुत गर्नु नै हाम्रो पहिचान ।
दक्ष जनशक्तिद्धारा समस्याको पहिचान गरी आवश्यकता अनुसार आधुनिक प्रविधिको प्रयोग ।
हाम्रो दृष्टी
भौतिक विकासका साथसाथै मानवका लागि आवश्यक सुविधाको परिपुर्तिमा आर्थिक आयामलाई सन्तुलित गराई सेवाप्रदायक र सेवाग्राही दुवै पक्षको आपसी हितमा समर्पित भई बौेद्धिक ढङ्गले जीवनशैलिमा नयाँ आयामको अनुभुति दिलाई सुखि समृद्ध र सन्तुलित समाजको निर्माण गर्नु नै हाम्रो सार्थकता हो ।
विशेषता
दैनिक आईपर्ने अनेक प्रकृतिका समस्याहरु निराकरणका लागि रचनात्मक साथै अत्याधुनिक प्रकृया अवलम्बन गरी समृद्ध तथा व्यवस्थित समाजको कल्पित परिदृश्यलाई
मानव जीवनका अनेकन आयामहरुमा समाहित गराई समाजमा उन्नतिशिल मार्गको विकास गर्नु हाम्रो विशेषता हो ।