घरको काम
अहिलेको व्यस्त समयमा सबै परिवारका सदस्यहरु बाहिरी काममा व्यस्थ हुने गरेको कारणले गर्दा घरका दैनिक कामहरु जस्तैः घरको सरसफाई गर्ने, खानाखाजा बनाउने, भाँडा माझ्ने, किचन सफा गर्ने आदि जस्ता कामहरु गर्न समेत धरैलाई फुर्सद हुदैँन । र सो कामको सहयोगका लागि धेरै ग्राहकहरु कर्मचारीको खोजीमा हुन्छन् । सोही कुरालाई मध्यनजर गर्दै होम केयर नेपालले घरमा आउने सम्पुर्ण समस्याहरलाई सजिलै समाधान गर्नेे प्रतिबद्यता गरेको छ र आवश्यक परेको समयमा कर्मचारी उपलब्ध गराउने काम पनि होम केयर नेपाल मार्फत हुनेछ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्ननको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ ।
- घरको कम्पाउन्ड सफा गर्ने
- कोठाहरु सफा गर्ने
- भर्याङ ,छत, कौसी सफा गर्ने
- लुगा धुने र लुगाको व्यवस्थापन गर्ने
- ट्वाइलेट र बाथरूम सफा गर्ने
- भान्सा सफा गर्ने
- खाना वनाउने
- खाजा वनाउने
