सुत्केरी सिह्राने
अहिलेको ब्यस्थ समयमा सबै मानिसहरु आआफ्नो काममा व्यस्थ रहने गर्छन अहिलेको व्यस्त समयमा सबै परिवारका सदस्यहरु बाहिरी काममा व्यस्त हुने गरेको कारण सुत्केरी महिला र बच्चाको हेरचाहा गर्न समेत कोहि हुदैँनन् । र यस्तो समस्याहरु धेरैले भोग्नु परेको छ । यति मात्र नभएर अनुभवहिन कर्मचारीहरु काममा राख्दा सुत्केरी आमा र बच्चाको राम्रोसँग हेरबिचार गर्न नसक्ने जस्ता अरु समस्याहरु आई लाग्छन् । सोहि समस्यालाई ध्यानाकर्सण गर्दै होम केयर नेपालले सुत्केरी महिलासँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान गर्ने प्रतिबद्यताका साथ अनुुभवी कर्मचारीहरु उपलब्ध गराउँदछ । त्यसैले यस्ता समस्याहरु भोग्न बाध्य हुनुभएको ग्राहकहरुले होम केयर नेपाललाई सम्झनु भएमा होम केयर नेपालले सो समस्याको सजिलै समाधान गर्ने छ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्ननको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ ।
- बच्चा र आमा दुबैको लुगा धुने र लुगाको व्यवस्थापन गर्ने
- बच्चा र आमा दुबैलाई खाना खाजा खुवाउने
- सुत्केरी महिला र बच्चालाई तेल लगाउने, आगो तथा घाममा सेकाउने
- सुत्केरी महिला र बच्चालाई नुहाइदिने
- शल्यक्रिया गरेको सुत्केरी र बच्चा भए,तय भएको समय अनुसार औषधी खुवाउने
